अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोग बढ्यो : आरजु राणा
मङ्गलबार, १२ मङ्सिर २०८०, २१ : ०६

कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको बताएकी छन् ।
‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तर्गत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा उनले स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरिन् ।
सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका अध्यक्षसमेत रहेकी डा राणाले उमेर बढ्दै गएपछि आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेस नेत्री डा राणाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताउँदै नयाँ पुस्तालाई खानपीनबारे शिक्षा दिनुपर्ने बताइन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नसर्ने रोगका बिरामी बढ्दै गएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास