मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग : अग्रता जोगाउन नसक्दा काठमाडौँसँग अंक बाँड्यो चितवनले

मङ्गलबार, १२ मङ्सिर २०८०, २० : १०
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगिताको मंगलबार खेलिएको खेलमा साविक विजेता काठमाडौँ रेजर्स बराबरीमा रोकिएको छ । काठमाडौँ रेजर्सलाई चितवन एफसीले १—१ गोलको बराबरीमा रोक्दै अंक बाँड्न बाध्य पारेको हो । 

काठमाडौँमा उकालो लाग्दो चिसोबिच मंगलबार साँझ दशरथ रंगशालामा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुबै टोलीले एकअर्काको पोष्टमा केही गतिला प्रहार गरे पनि त्यसले सार्थक नतिजा दिन सकेको थिएन ।

त्यसपछि खेलको दोस्रो हाफमा दुबै गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चितवन एफसीले लिएको थियो । निर्धारित समयको ८६औँ मिनेटमा काठमाडौँ रेजर्सको तर्फबाट आत्मघाती गोल भएपछि खेलमा चितवन एफसी अगाडि बढेको थियो । 

नवयुग श्रेष्ठले दिएको पास विमल घर्तिमगरको खुट्टामा पुगेको थियो । त्यसपछि विमलले आफ्ना साथीलाई दिएको बल शोखरुखको खुट्टामा ठोक्किएर आत्मघाती गोलमा परिणत भएको थियो । तर, चितवन एफसीले त्यो अग्रतालाई लामो समय जोगाउन सकेन ।

दोस्रो हाफको इन्जुरी समयमा काठमाडौँ रेजर्सले जवाफी गोल फर्कायो । काठमाडौँ रेजर्सका लागि विदेशी खेलाडी एनकुङ्गे जुनियरले जवाफी गोल फर्काएका थिए । अन्तिम केही मिनेट विपक्षीलाई गोल गर्नबाट रोक्न नसक्दा चितवन एफसी पहिलो जित हासिल गर्नबाट चुक्यो । काठमाडौँ रेजर्सको भने यो लगातार दोस्रो जित हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप