वैकल्पिक इन्धनबाट सञ्चालित विमानद्वारा पहिलो पटक लन्डनबाट न्यूयोर्क उडान

लन्डन । वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठुलो यात्रुवाहक विमानले आज पहिलो पटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा सञ्चालित यो विमान लन्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि स्थानीय समयअनुसार ११:३० बजे उड्ने तय भएको छ । उक्त विमानको लागि सरकारको समेत सहयोग उपलब्ध छ । लामो परीक्षण र विश्लेषणपछि बेलायतको नियामक निकाय सिभिल एभिएसन अथोरिटीले यसै महिना अनुमोदन गरेपछि उक्त विमानले उडानको लागि अनुमति पाएको हो । यसमा इन्जिन निर्माता कम्पनी रोल्स रोयस र इनर्जी कम्पनी बीपीलगायतका कम्पनीको सहकारी रहेको छ ।
घरेलु फोहोर र खाना पकाउने तेलसहितका विभिन्न स्रोतबाट निर्माण गरिएको वैकल्पिक इन्धनले झन्डै ७० प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्ने बताइएको छ ।
यस उडानका लागि बोइङ ७८७ मा ५० टन दिगो उड्डयन इन्धन (एसएएफ) भरिनेछ । उड्डयन इन्धन (एसएएफ) निर्माणको लागि ८८ प्रतिशत फोहोर तैलीय पदार्थ र बाँकी अमेरिकामा उत्पादित मकैबाट निस्किएको फोहोरको प्रयोग गरिनेछ ।
पहिलो पटक वैकल्पिक इन्धनबाट सञ्चालन गरिएको यस उडानले जीवाश्मबाट प्राप्त हुने इन्धनलाई प्रतिस्थापन गर्ने प्रबल सम्भावना रहेको भर्जिन एटलान्टिकका प्रमुख कार्यकारी शाई वेइसले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड