काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गर्ने युवक पक्राउ

काठमाडौँ । काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी छन् ।
रेग्मीले हारजित हुनेगरी काठमाडौँमा बसेर अमेरिकामा अनलाइन मार्फत जुवा सञ्चालन गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । जुवा मार्फत उनले १ करोड ९५ लाख ९५ हजार कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानमा संलग्न प्र्रहरी अधिकृतहरुका अनुसार रेग्मीले काठमाडौँमा बसेर जुवाडेहरूलाई ‘अकाउन्टिङ’ गरिदिने गरेका थिए । ‘यहाँबाट म्यानेजमेन्ट टिमलाई डेभिड र क्रेडिट गरिदिने गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीले क्यास एप मार्फत जुवा खेलाउने गरेको देखिन्छ ।’
आकाशले दुई वर्षदेखि जुवा खेलाउँदै आएको प्रहरीसँग स्वीकार गरेका छन् । रेग्मीका दाजु अमेरिकामा बस्ने हुनाले त्यहाँको ‘युजर आइडी’बाट काठमाडौँमा बसेर अनलाइन जुवा ह्याण्डलिङ गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी