प्रदीप खड्काको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा
मङ्गलबार, १२ मङ्सिर २०८०, १५ : ३४

काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो फिल्म निर्माणको घोषणा भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो ।
टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ ।
हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने फिल्म जीवन थापाले निर्देशन गर्न लागेका हुन् । सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । फिल्म २०२४ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल