ऋषभ पन्त दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा आईपीएलमा फर्किने

काठमाडौँ । दुर्घटनामा परेपछि लामो समय मैदान बाहिर रहेका ऋषभ पन्त पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्किने भएका छन् । आगामी सिजनको आईपीएलमा उनी दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिने छन् ।
दूर्घटनामा परेपछि उनले अघिल्लो सिजनको आईपीएल र हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि गुमाएका थिए । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले २६ वर्षीय विकेटकिपर ब्याट्सम्यान पन्त आगामी आईपीएलमा कप्तानको भूमिकामा फर्किने जानकारी दिए ।
सडक दुर्घटनामा परेर घाइते भएका पन्तको घुँडाको शल्यक्रिया गरिएको थियो । उनको लिगामेन्टमा पनि गम्भीर समस्या देखिएको थियो । अहिले पन्तको स्वास्थ्यमा सुधार आएको समाचारमा जनाइएको छ । केही क्रिकेट विश्लेषकले भने पन्त अझै पूणर्रुपमा स्वस्थ्य भइनसकेको दाबी गरेका छन् ।
दिल्ली क्यापिटल्सले भने आगामी आईपीएलमा विकेटकिपरको भूमिका निर्वाह गर्न नसके पनि पन्तले टोलीका लागि उत्कृष्ट ब्याटिङ गर्ने विश्वास लिएको छ । दिल्ली क्यापिटल्सले आफ्ना दुवै विकेटकिपर फिल साल्ट र सरफराज खानलाई रिलिज गरिसकेको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी