पोखरामा एक चिहानको प्रदर्शन

पोखरा । पोखरामा एक चिहान नामक नाटक मञ्चन सुरु भएको छ । मंगलबारदेखि मञ्चन थालिएको हो । सोमबार नै विशेष शो मार्फत मञ्चन भएको थियो । मंगलबारदेखि बुकिङ शोका रूपमा मञ्चन थालिएको हो ।
विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक पुस ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए । एक चिहान साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।
नेपालका गरिब तथा किसान र मजदुर वर्गको जीवनलाई चित्रित गर्ने यो नाटकमा गरिबी, बाध्यताको परिवेशमा नेवारी समुदायको पारिवारिक अवस्था देखाइएको छ । उपन्यास एक चिहानलाई नाट्य रूपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । सह–निर्देशन अञ्जु दाहालले गरेको नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन