धनुषाको धनौजी गाउँपालिकामा महिलाको शव फेला
मङ्गलबार, १२ मङ्सिर २०८०, १५ : ०६

धनुषा । धनुषाको धनौजी गाउँपालिका वडानम्बर–४ मा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख मित्रबन्धु शर्माका अनुसार परालले छोपेर राखेको अवस्थामा शव फेला परेको हो ।
स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको धनुषा प्रहरीले जनाएको छ । ‘शवको पहिचान हुन सकेको छैन । घटनास्थल वरपर कोही मानिस हराएको पनि सूचना छैन’, एसपी शर्माले भने, ‘पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भएको छ ।’
प्रहरीका अनुसार कसैले हत्या गरेर शव राखेको हुनसक्ने छ । ७० प्रतिशत शव सडेकाले सहजै चिन्न सक्ने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार