टिकटकको मालिक बाइटडान्सले गर्दैछ कर्मचारी कटौती
![टिकटकको मालिक बाइटडान्सले गर्दैछ कर्मचारी कटौती](https://npcdn.ratopati.com/media/news/bytedance_U0cGwBGJO8.webp)
बेजिङ । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो गेमिङ व्यवसायको आकारमा उल्लेख्य कटौती गर्दैछ । चिनियाँ गेमिङ उद्योगमा शीर्ष स्थानमा रहेको टेन्सेन्टलाई कडा टक्कर दिन बाइटडान्स सन् २०१९ मा गेमिङ उद्योगमा छिरेको थियो । तर बजार हिस्सामा पकड बढाउन नसकेपछि कम्पनी पछाडि हटेको हो ।
कम्पनीले लञ्च नै नभएका केही गेमहरूलाई पनि डिसेम्बरमा बन्द गर्दैछ । कम्पनीको यो निर्णयका कारण सयौँ रोजगारी प्रभावित हुने देखिन्छ । बाइटडान्सले नियमित रूपमा आफ्नो व्यवसायको समीक्षा गर्ने गरेको अनि अहिले गेमिङ व्यवसायको पुनःसंरचनाको कठोर निर्णय गरेको कम्पनीका प्रवक्ताले भनेका छन् ।
गएको वर्ष विश्वको भिडियो गेम बजारको आकार २ खर्ब १७ अर्ब डलरमा पुगेको बजार अनुसन्धाता संस्था ग्रान्ड रिभ्यू रिसर्चको तथ्याङ्कले देखाएको छ । सन् २०१९ मा कम्पनीको गेमिङ इकाई नुभर्सको सृजनालाई गेमिङ उद्योगमा कायापलटको रूपमा हेरिएको थियो । तर नुभर्सको एउटै गेम व्यावसायिक रूपमा हिट साबित हुन सकेन । आम्दानीका आधारमा टेन्सेन्ट विश्वको सबैभन्दा ठुलो गेमिङ कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई
-
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि