गणतन्त्रमाथि भइरहेको षड्यन्त्रविरुद्ध एकजुट हुन तमलोपाको आह्वान

काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले गणतन्त्र संघीयता र लोकतन्त्रविरुद्ध भइरहेका षडयन्त्रविरुद्ध एकजुट हुन आह्वान गरेको छ । मंगलबार सम्पन्न केन्द्रीय समितिको बैठकले संघीयता र गणतन्त्रविरुद्ध भइरहेको षड्यन्त्रको विरुद्ध एकजुट आह्वान गरिएको सो पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले बताएका हुन् ।
बैठकले मधेस प्रदेश सरकारसँग प्रदेशको उन्नति र विकासको निमित्त दृष्टि, रणनीति, योजना र प्रतिबद्धताको अभाव रहेको आरोप लगाउँदै वर्तमान प्रदेश सरकारले मधेस प्रदेशलाई कतातिर कुन दिशामा लान खोजेको प्रष्ट नरहेको निष्कर्ष निकालेको छ ।
प्रदेशमा सुक्दै गएको कृषि व्यवसाय, बढ्दो बेरोजगारी र श्रमिकहरूको बढ्दो बिदेसिने बाध्यता, शैक्षिक संस्थान र क्याम्पसहरूको गिर्दो स्थिति, प्रदेशमा आकासिँदो भ्रष्टाचार, महँगो स्वास्थ्य उपचारलगायतको विषयमा मधेस प्रदेश सरकारलाई सार्वजनिक रूपमा प्रस्तुत हुन माग बैठकले माग गरेको उनले बताए ।
त्यस्तै, तमलोपाले भर्खरै सर्वोच्च अदालतमा गरिएका छ जना न्यायाधीशको सिफारिसमा समावेशिताको संवैधानिक हकको परिपालना नभएको र भागबण्डा आधारित भएकोमा असन्तुष्टि जाहेर गरेको छ । राजनीतिक, प्रशासनिक र कूटनैतिक नियुक्तिहरूमा समावेशिताको नीतिलाई उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै असमानताको खाडल बढाउँदै लग्ने भन्दै कडा विरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन