इमरान खानका पूर्व सल्लाहकारमाथि बेलायतमा एसिड आक्रमण

लण्डन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानका सल्लाहकारमाथि बेलायतस्थित निवासबाहिर एसिड आक्रमण भएको छ । मिर्जा शहजाद अकबरले एसिड आँखामा पर्नबाट जोगिए पनि उनको शरीरमा भने चोट लागेको बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै अकबरले आक्रमणकारीहरूले एसिड फालेर भागेको जानकारी दिएका छन् । उनले यस्तो कार्यबाट आफू नडराएको र कदापि नझुक्ने बताएका छन् । उनले परिवारसहित पाकिस्तान छाडेर बेलायत आए पनि कयौँ धम्की आएको जानकारी दिए । उनले यस घटनामा को संलग्न हुन सक्छन् भन्ने चाहिँ खुलाएनन् ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताए पनि हालसम्म कसैलाई पक्राउ गरेको छैन । इमरान खानलाई गत वर्ष पदबाट हटाइएको थियो हाल उनी विभिन्न आरोपमा जेलमा रहेका छन् । खानले यसलाई राजनीतिबाट प्रेरित भएको बताउँदै आएका छन् भने पाकिस्तानी अधिकारीहरूले उक्त आरोप अस्वीकार गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’