बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

काठमाडौँ। आफूलाई सुन्दर बनाउने, साजसज्जा गर्ने कुरालाई महिलासँग मात्रै जोडेर हेर्ने गरिएको छ । तर पछिल्लो समय पुरुषले पनि आफ्नो सुन्दरताप्रति चासो दिन थालेका छन् । अनुहारको छालाबारे सतर्क हुन थालेका छन् । तर समस्या चाहिँ के भइरहेको छ भने धेरै राम्रो देखिने चक्करमा उनीहरूले आफ्नो छालाको स्वास्थ्य र हेरचाहमा लापरबाही अनि गल्ती गरिरहन्छन् । जसको असर अनुहारको छालामा देखिन्छ । छालाको चमक फिक्का हुन्छ, समय अगावै बुढो देखिन थाल्छन् । अनुहारको फिक्का चमकले गर्दा आत्मविश्वासमा कमी आउँछ । तपाईंले पनि बिहान बिहान यस्ता गल्ती त गरिरहनु भएको छैन ?
छाला नरम नबनाई दाह्री काट्ने:
वेबएमडीमा छापिएको एउटा रिपोर्ट अनुसार दाह्री काट्ने बेलामा प्रायः पुरुषहरूले रेजरको छनौटमै गल्ती गर्छन् । अर्को गल्ती चाहिँ दाह्री काट्नु अघि सेभिङ क्रिम वा फोम लगाउँदैनन् । जसले गर्दा दाह्री र छाला दुवै दह्रो हुन्छ । सफाचटसँग दाह्री काटिँदैन । ठाउँठाउँमा चोट लाग्ने सम्भावना हुन्छ । कतिले चाहिँ सेभिङका लागि धेरै पटक एउटै ब्लेडको चलाउँछन् । यी सबैको असर अनुहारको छालामा देखिन्छ । दाह्री काट्नु अघि मनतातो पानीले दाह्री भिजाउनुस् । सेभिङ क्रिम वा फोम लगाएर दाह्री र छाला दुबैलाई नरम बनाउनुस् ।
क्रिमको प्रयोग नगर्ने:
महिलाको तुलनामा पुरुषको छालामा बढी चिल्लो हुन्छ । छाला चिल्लो भएकोले सेभिङ क्रिम वा फोम लगाउन आवश्यक छैन भन्ने केहीले सोच्छन् । तर यसो नगर्दा छाला झन् रुखो, सुख्खा हुन्छ अनि चमक पनि हराउँदै जान्छ । त्यसैले अनुहारमा छाला सुहाउँदो क्रिम लगाउनु पर्छ ।
मोइश्चराइजर नलगाउनेः
पुरुषहरू आफ्नो मुहारको विषयमा अलि बढी नै लापरवाह हुन्छन् । उनीहरू आफ्नो छालामा कुनै क्रिम वा मोइश्चराइजर खासै लगाउँदैनन् । अनुहारमा मोइश्चराइजर नलगाउने पुरुषको चमक समय अगावै हराउँदै जान्छ । छाला राम्रो बनाउन महिलालाई मात्रै होइन पुरुषलाई पनि मोइश्चराइजर र एन्टि रिंकल क्रिमको आवश्यकता पर्छ । त्यसैले ३० वर्ष कटेपछि हरेक पुरुषले पनि मोइश्चराइजर र एन्टि रिंकल क्रिम लगाउन जरुरी छ ।
अल्कोहल भएको आफ्टरशेभको प्रयोगः
फेशनको चक्करमा पुरुषहरू दाह्री काटेपछि आफ्टरशेभ लगाउँछन् । तर अधिकांश आफ्टरशेभमा अल्कोहल हुन्छ । अल्कोहलयुक्त आफ्टरशेभको प्रयोगले छाला सुख्खा हुन्छ । दाह्री काट्दा छालामा कतै काटिएको छ वा घाउ चोट लागेको छ भने छाला चहर्याउन थाल्छ । त्यसैले दाह्री काटेपछि आफ्टरशेभ होइन हलुका खालको मोइश्चराइजर प्रयोग गर्नुस् ।
यसरी गर्नुस् छालाको स्याहारः
३० वर्ष उमेर कटेको छ भने दिनहुँ अनिवार्य रूपमा क्रिम प्रयोग गर्नुस् । घरबाट बाहिर जाने बेलामा सन स्क्रिनको प्रयोग जरुरी छ । साँझ बाहिरबाट घरमा आउने बित्तिकै अनुहारलाई फेशवाशले सफा गर्नुस् । अनुहारमा रेखा वा चाउरी हटाउन रेटीनल, मलबरी, भिटामिन सी र नियासिनामाइनयुक्त प्रडक्ट उपयोगी हुन्छ । हेभी क्रिमको सट्टामा सीरम उपयोगी हुन सक्छ । सीरमको प्रयोग गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल