स्वास्थ्य बीमामा २२ लाख परिवार आबद्ध
मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : ४८

काठमाडौँ । नेपालमा स्वास्थ्य बीमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७९–८० अवधिमा स्वास्थ्य बीमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेर ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको हो ।
यो अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस स्वास्थ्य बीमाको पहुँचमा पुगेको स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ मा उल्लेख गरिएको छ ।
हालसम्म स्वास्थ्य बीमा ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेका छन् । आ.व ०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ