ओस्कारमा गयो ‘१२वी फेल’

नयाँ दिल्ली । भारतीय अभिनेता विक्रान्त मैसीको फिल्म ‘१२वी’ फेल ओस्कारमा गएको छ । स्वतन्त्र मनोनयनमार्फत यो फिल्मलाई ओस्कारमा पठाइएको फिल्मका अभिनेता विक्रान्त मैसीले भनेका छन् । फिल्म एक महिना अघि मात्रै हलमा रिलिज भएको थियो ।
खासै धेरै प्रमोसन नगरिएको अनि चर्चा परिचर्चा नबटुलेको यो फिल्मलाई हलमा दर्शकले निकै मन पराएका थिए । सानो बजेटको यो फिल्म विधु विनोद चोपडाको निर्देशनमा बनेको हो । फिल्मको रिलिज पनि थोरै स्क्रिनमा गरिएको थियो । तर समालोचकहरूको भव्य तारिफ र आम दर्शकहरूले फिल्मप्रति देखाएको रुचिले फिल्म ब्लकबष्टर बन्यो ।
फिल्मलाई धेरैले मन पराउनेछन् भन्ने आफूलाई विश्वास भए पनि यति धेरै मन पराइन्छ भन्ने आफूले नसोचेको साहित्य आजतकमा बोल्ने क्रममा विक्रान्तले भनेका थिए । १२वी फेल अनुराग पाठकको यही नामको बेष्ट सेलिङ उपन्यासमा आधारित फिल्म हो । फिल्मको कथा गाउँका एक गरिब युवक वरिपरि घुमेको छ ।
१२ कक्षामा फेल भएका ती युवक कठोर मिहिनेत गरेर कसरी आईपीएस अधिकारी बन्छन् भन्ने कुरा फिल्ममा देखाइएको छ । ३१ दिनदेखि प्रदर्शनरत यो फिल्मले ४५ करोडभन्दा धेरैको कलेक्सन गरिसकेको छ ।
यो फिल्म यस वर्षको स्लिपर हिट फिल्म बनेको छ । विधु विनोद थ्री इडिएट्स, पीके र मुन्नाभाइ जस्ता चर्चित फिल्मका निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै
-
ज्ञानेन्द्रका तर्फबाट गोकर्ण र कृष्णगोपालले लगेका थिए माधवसमक्ष प्रधानमन्त्रीको प्रस्ताव
-
कोशीमा ई–ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु