मन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
मङ्गलबार, १२ मङ्सिर २०८०, ०९ : ५६

नयाँ दिल्ली । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायतका विषयमा छलफल भएको हो ।
भारतीय कानुन तथा न्याय मन्त्री मेघवालले भेटबारे सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, ‘आज शास्त्री भवनस्थित कानुन तथा न्याय मन्त्रालयमा नेपालका कानुनमन्त्री श्री धनराज गुरुङसँग शिष्टाचार भेटवार्ता भएको छ ।
सो क्रममा दुई देशबिचको कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।’ मन्त्री गुरुङ हाल भारत भ्रमणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन