शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते

मङ्गलबार, १२ मङ्सिर २०८०, ०७ : ३४
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । रुस–युक्रेनको सीमा क्षेत्रमा भएको भिडन्तमा परेर नौ जना नेपाली घाइते भएका छन् । एक वर्षभन्दा बढी समयदेखि दुई मुलुकबिच चलेको द्वन्द्वमा नेपालबाट गएकामध्ये नौ जना हाल घाइते भएर मस्कोमा उपचाररत छन् । उपचाररत सबैको अवस्था खतरामुक्त रहेको घाइतेमध्ये एक जनाले नाम सार्वजनिक नगर्ने सर्तमा बताए ।

‘हामीसँग रहेका नौ जना साथी एकैसाथ घाइते भयौँ,’ मस्कोमा उपचाररत नेपालीले भने, ‘अहिले मस्कोमा उपचार गरिरहेका छौँ ।’ गत १३ नोम्बेम्बरमा रुस र युक्रेनको सीमा क्षेत्रमा भिडन्त हुँदा नौ जना घाइते भएका हुन् । नेपालमा सेना समायोजनमा बहिर्गमनमा परेका झन्डै ५० पूर्वमाओवादी लडाकु रुस पुगेका छन् ।

‘पहिलो श्रेणीमा लामबद्ध भए अगाडि बढ्नेक्रममा युक्रेनको सेनाले आक्रमण गरेपछि जवाफी फाएर खोल्नेक्रममा कम्मर र तिघ्राको देब्रे भागमा गोली लागेर घाइते भएँ,’ उनले भने, ‘एक दिन युद्ध क्षेत्रमा सामान्य उपचारपछि हेलिकोप्टरको सहायतामा दुई दिनमा मस्को ल्याएपछि हाल अस्पतालमा उपचाररत छु ।’ आफ्नो टोलीमा रहेकामध्ये चार जना आफूसँग र एक सातापछि थप पाँच जना घाइते भएका साथीसँग उपचाररत रहेको उनले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप