एमाले रौतहटको अधिवेशन माघको दोस्रो साता हुने
रौतहट । नेकपा एमाले जिल्ला कमिटी रौतहटको जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ। एमाले जिल्ला कमिटी रौतहटको सोमबार पार्टी कार्यालय गरुडामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकले माघ १२ र १३ गते पार्टीको दशौँ जिल्ला अधिवेशन गर्ने निर्णय गर्नुका साथै पुस छ गते जिल्ला कमिटीको पूर्ण बैठक आयोजना गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश कमिटी सदस्य रामजी साहले बताए।
त्यसैगरी नेकपा एमालेको झुलाघाट- चिवाभन्ज्यांग यात्रा सफल पार्न क्रियाशील हुने निर्णय बैठकले गरेको छ। नेकपा एमाले जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्यद्धय उद्धव रेग्मी, अजय गुप्ता, केन्द्रीय लेखा आयोग सदस्य राज किशोर यादव प्रदेश कमिटी सदस्यहरू बिना साह, हिरा खपाङ्गी गौरीशंकर जैसवाल जिल्ला अध्यक्ष सच्चिदानन्द साह लगायतको उपस्थिति रहेको जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्क्विड गेम विश्वभर लोकप्रिय भयो तर निर्माताले किन पैसा कमाउन सकेनन् ?
-
जापानमा ‘नेपाल फेस्टिभल’
-
च्याम्पियन्स ट्रफीको प्रश्नमा बीसीसीआई उपाध्यक्षले भने, ‘पाकिस्तानसँग वार्ता भइरहेको छ’
-
सिरियाका विद्रोहीहरूद्वारा दोस्रो ठुलो सहर अलेप्पो कब्जा
-
कर बढाउने घोषणापछि ट्रम्पलाई भेट्न अमेरिका पुगे ट्रुडो
-
दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल