बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
![बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो](https://rpcdn.ratopati.com/media/albums/PFIZER_covid_Vaccine_caqyT3bD19.jpg)
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिए । उनका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।
कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।
सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ सङ्क्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ’सनम तेरी कसम’
-
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
-
पत्रकारिताको विश्वसनीयतामा सङ्कट र अस्तित्वमा चुनौती
-
संवैधानिक निकायमा असंवैधानिक नियुक्ति : ५२ जनाको मुद्दामा आज सुनुवाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित