भूकम्प प्रभावित बसेको बस्ती हटाउँदै डिभिजन वन कार्यालय चितवन
चितवन । विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भई तत्कालीन समयमा पुनःस्थापना गरिएका भूकम्प प्रभावितलाई हटाउन डिभिजन वन कार्यालय चितवनले प्रक्रिया सुरु गरेको छ ।
कार्यालयले गत कात्तिक २१ गते सूचना प्रकाशन गरी अतिक्रमित वन क्षेत्र खाली गर्नका लागि प्रभावितलाई अनुरोध गरेको थियो । तत्कालीन दाहाखानी गाउँ विकास समिति हालको इच्छाकामना गाउँपालिका–६ कुयलघारीका एक सय २७ घरपरिवारलाई तत्कालीन दाहाखानी गाउँ विकास समिति वडा नम्बर ८ हालको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा रहेको कबुलियती वन क्षेत्रमा स्थानान्तरण गरिएको थियो । तत्कालीन समयमा छ महिना रहने गरी जिल्ला प्रशासन कार्यालय चितवनको चलानी नम्बर चार सय ३८ को पत्रबाट व्यवस्थापन गरिएकोमा हालसम्म पनि प्रभावित सोही स्थानमा रहेका छन् ।
सोही स्थानमा पक्की घर निर्माण गर्ने, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएको हुँदा हटाउन लागिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।
उनले भने, “वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश मकवानपुरले उक्त वन क्षेत्र खाली गराई मन्त्रालयलाई जानकारी गराउनु भनी परिपत्र गरेको हुँदा वन ऐन २०७६ को दफा १२ मा भएको व्यवस्था र वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति २०६८ मा भएको व्यवस्था बमोजिम सो वन क्षेत्र खाली गर्न लागिएको हो ।”
अहिले कतिपय पुरानै स्थानमा र कतिपय अन्यत्र गइसकेको र बाँकी रहेका ४५ परिवारलाई हटाउन लागिएको उनले जानकारी दिए । सो क्षेत्रमा रहेका पाँचवटा कबुलियती वनमा उनीहरुलाई तत्कालका लागि राखिएको खनालले बताए । उनले थपे, “सूचना जारी गरिसकेका छौँ । अब अतिक्रमण नियन्त्रण रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित सरोकारवालासँग छलफल गरी सो क्षेत्र खाली गराइने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?