सलिको गल्फ प्रतियोगिता आयोजना हुने

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ‘सलिको गल्फ प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
दुई दिने उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा खेलाइने छ । प्रतियोगिता मंसिर १५ र १६ गते सञ्चालन हुने जानकारी सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
प्रतियोगिताको १६ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको जानकारी रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले दिए । प्रतियोगितामा पुरुष, महिला, जुनियर गल्र्स र जुनियर ब्वाइज खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता १८ होलमा खेलाइने छ । जुनियर स्पर्धा भने नौ होलको हुनेछ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाली गल्फ खेलको विकासमा टेवा पुर्याउने र नयाँ पुस्तालाई गल्फ खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले साहसिक खेलकुदको विकास र विस्तारमा आफ्नो संस्थाले लगानी गर्दै आएको जानकारी पनि दिए ।
यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीकी उप—प्रमुख कार्यकारी निर्देशक बरिष्मा आचार्यले नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले आफूहरुले गल्फका अतिरिक्त अन्य खेलमा पनि लगानी गर्दै आएको जानकारी दिइन् । उनले आगामी दिनमा पनि गल्फ प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र