उपभोक्ता ठग्ने व्यापारीलाई ६० हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारिक फर्महरूलाई ६० रुपैयाँ हजार जरिवाना गरेको छ । विभागले आइतबार गरेको बजार अनुगमनबाट उपभोक्ता ठग्ने ५ फर्महरूलाई कूल ६० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
विभागले ११ वटा फर्ममा गरेको अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने र कानुनी व्यवस्था नमान्नेलाई कारबाही गरिएको जनाइएको छ । प्रवक्ता आनन्द पोखरेलका अनुसार कुपन्डोलको रेडिमेड तथा थान कपडा पसललाई २० हजार जरिवाना तिराइएको छ ।
यस्तै, पुतलिसकडको रेडिमेड तथा थान कपडा पसललाई २० हजार, पुतलिसकडककै मदिरा पसललाई ५ हजार जरिवाना तिराइएको छ । यस्तै, नयाँ बानेश्वरको रेडिमेड कपडा पसललाई ५ हजार जरिवाना तिराइएको विभागले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
यसबाहेक, शंखमुलको मिठाई पसललाई १० हजार जरिवाना गराइएको छ । पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो । आइतबार कारबाहीमा पर्ने अधिकांश पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
-
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने
-
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
-
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
-
टोखामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु