बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने
सोमबार, ११ मङ्सिर २०८०, ०९ : ३६

ढाका । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ ।
ढाका ट्रिब्यूनका अनुसार अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी यसको घोषणा गरेका हुन् । यसअघि बंगलादेशका पूर्व कप्तान मशरफे मोर्तजाले गत निर्वाचनमा नराइलबाट उम्मेदवारी दिएका थिए । उनी विजयी भएर सांसद बनेका थिए ।
मुर्तजा सधैं आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न थिए । तर शकिब भने त्यस्तो सामाजिक कामको हिस्सा कहिल्यै थिएनन्।
बंगलादेशमा क्रिकेट र राजनीतिको सम्बन्ध गहिरो र पुरानो छ । शकिब र मुर्तजा बाहेक बीसीबीका अध्यक्ष नजमुल हसनले पनि चुनाव लडेका थिए । सन् २००९ मा पहिलोपटक सांसद बनेका उनी अहिले पनि सांसद नै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा