रामोशलाई कीर्तिमानी २९ औँ रातो कार्ड
सोमबार, ११ मङ्सिर २०८०, ०६ : ०४
मड्रिड । सर्जियो रामोशले करियरको २९ औँ रातो कार्ड पाउँद सेभिया रियल सोसिडाडसँग १–२ गोलले पराजित भएको छ ।
रियल मड्रिडका पूर्व खेलाडीले ८८ औँ मिनेटमा ब्राइस मेन्डेजमाथि फल हानेपछि उक्त कार्ड पाएका हुन् । यसअघि उनलाई दोस्रो पहेँलो कार्ड देखाए पनि त्यसलाई सिधा रेड कार्डमा परिणत गरिएको थियो ।
योसँगै ३७ वर्षीय खेलाडीले ला लिगामा सबैभन्दा २१ पटक रातो कार्ड पाएका छन् । २१ औँ शताब्दीमा उनीभन्दा कुनै पनि खेलाडीले धेरै रातो कार्ड पाएका छैनन् । उनीपछि राफायल मार्क्वेजले २१ र फिलिपे मेलोले २० पटक रातो कार्ड पाएका छन् ।
उता सेभियाका ३८ वर्षीय विंगर जिसस नाभासले यस विरोध गर्दा आफ्नो करियरको पहिलो रातो कार्ड पाए । पराजयपछि सेभिया मात्र १२ अङ्क बटुल्दै लिगको १५ औँ स्थानमा सीमित बनेको छ । सोसिडाड भने २५ अङ्कसहित लिगको पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- आशातीत प्रगति हुन सकेको छैन तर निराश भइहाल्ने अवस्था छैन
-
कानुन विपरीत चलाए कन्सल्टेन्सीहरूलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
-
मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन
-
माओवादी केन्द्रले फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने
-
क्यानडाले बदला लिए थप कर लगाइनेछ : राष्ट्रपति ट्रम्प
-
माओवादीले स्थानीय तहका प्रमुख उपप्रमुखको भेला गर्ने