भट्टराई सवार गाडी तोडफोड गरिएकोप्रति एमाले मधेस प्रदेश कमिटीको आपत्ति

धनुषा ।। नेकपा एमाले मधेस प्रदेश कमिटीले सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड गरिएकोप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आइतबार एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले एक विज्ञप्ति जारी गरी सो घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।
एमालेका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराई सवार गाडीमाथि आइतबार ताप्लेजुङको फुङलिङ बसपार्क नजिकै पहिचान पक्षधरले तोडफोड गरेका थिए । विज्ञप्तिमा सो आक्रमण सिंगो लोकतन्त्रमाथिको आक्रमण भएको बताउँदै यस्ता खालका अराजक गतिविधि त्याग्न आह्वान गरिएको छ । साथै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाही गर्न समेत मधेस प्रदेश कमिटीले जोडदार माग गरेको छ ।
भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बो लगाएयतका नेताहरु एमाले ताप्लेजुङ जिल्ला कमिटीले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा आयोजना गरेको कार्यक्रम सकेर ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सो घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी