शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

भट्टराई सवार गाडी तोडफोड गरिएकोप्रति एमाले मधेस प्रदेश कमिटीको आपत्ति

आइतबार, १० मङ्सिर २०८०, २२ : ०३
आइतबार, १० मङ्सिर २०८०

धनुषा ।। नेकपा एमाले मधेस प्रदेश कमिटीले सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड गरिएकोप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आइतबार एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले एक विज्ञप्ति जारी गरी सो घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।

एमालेका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराई सवार गाडीमाथि आइतबार ताप्लेजुङको फुङलिङ बसपार्क नजिकै पहिचान पक्षधरले तोडफोड गरेका थिए ।  विज्ञप्तिमा सो आक्रमण सिंगो लोकतन्त्रमाथिको आक्रमण भएको बताउँदै यस्ता खालका अराजक गतिविधि त्याग्न आह्वान गरिएको छ । साथै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाही गर्न समेत मधेस प्रदेश कमिटीले जोडदार माग गरेको छ ।

  भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बो लगाएयतका नेताहरु एमाले ताप्लेजुङ जिल्ला कमिटीले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा आयोजना गरेको कार्यक्रम सकेर ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सो घटना भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप