मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी

आइतबार, १० मङ्सिर २०८०, २१ : ०६
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । 

त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे । जितसँगै धनगढीले प्रतियोगितमा तीन अङ्क जोडेको छ । भोलि झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप