ओशो तपोवनमा तनाव व्यवस्थापन कार्यक्रम

काठमाडौँ । नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतका लागि कर्पोरेट वातावरणमा ध्यानको माध्यमद्वारा तनाव व्यवस्थापनबारे एक दिवसीय कार्यक्रम सम्पन्न गरिएको छ । ओशो तपोवनमा मंसिर ८ मा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सहित निर्देशनालयका नायव प्रबन्ध निर्देशकहरू, प्रबन्धकहरू गरी १५ जना उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
सो क्रममा सांगठनिक व्यवस्थापनमा उच्च पदहरूमा रहने व्यक्तिहरूलाई पर्ने मानसिक तनाव र त्यसले निम्त्याउने अरू समस्याहरू जस्तै शारीरिक थकान, भावनात्मक असन्तुलन, संज्ञानको क्षमतामा पर्ने प्रतिकुल असरको बारेमा योग र ध्यान तथा आधुनिक स्वास्थ्य विज्ञानले गरेको खोजहरूको बारेमा परिचर्चा गरिएको थियो । सो कार्यक्रममा ओशो तपोवनका गुरु स्वामी आनन्द अरुणले आजको युगमा सन्तुलित जीवनका लागि जीवनशैलीको व्यवस्थापन गर्नु नै सबैभन्दा उत्तम उपाय बताए ।
आजको हतारिएको मनुष्य तनाव र विषादले ग्रस्त रहेको भन्दै उनले त्यसले अनेकौँ मनोविकार सृजना गरेको वर्तमान अवस्थामा प्रत्येक दिन समग्र स्वास्थ्यका लागि अत्यावश्यक उचित व्यायाम, स्वास्थ्य भोजन, ध्यान, राम्रो परिवेश, इमानदारिता, आनन्द जीवनशैलीका उपायहरू अवलम्बन गर्ने कलाको बारेमा बताए ।
ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले प्रत्येक दिनका लागि व्यवहारिक योगासन, प्राणयाम र ओशोका विविध ध्यान विधिहरु गराएका थिए । त्यस्तै, एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्ट (स्वामी आनन्द देव) ले जस्तोसुकै अवस्थामा पनि प्रत्येक दिन शान्त र उर्जावान रहनको विकल्प नरहेको भन्दै व्यस्त जीवनमा संसार र अध्यात्म जोड्ने ओशोको ध्यानयुक्त जीवन दर्शनले आफूमा हुने रूपान्तरणको बारेमा बताए ।
नेपाल टेलिकमका अधिकृतहरूलाई विशेषरुपले तयार गरिएको यो कार्यक्रममा भाग लिएका प्रबन्धक कृष्ण प्रसाद भण्डारीले सो कार्यक्रमले नयाँ उर्जा प्रदान गरेको बताए । यस्तै प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ