बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

डिसेम्बर १ देखि गुगलले बन्द गर्दै यी जीमेल एकाउन्ट, कतै तपाईँको पनि पर्ने हो कि ?

आइतबार, १० मङ्सिर २०८०, १५ : ५३
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । जीमेलको प्रयोगकर्ता ठूलो संख्यामा छन् । पहिला पहिला याहु, रेडिफ पपुलर इमेल प्लेटफर्म हुन्थे । अब यसको ठाउँ जीमेल एकाउन्टले लिएको छ । अहिले हरेक व्यक्तिसँग जिमेल अर्थात् गुगल मेल छ । तपाई पनि जिमेलमा हुनुहुन्छ, तर धेरै सक्रिय हुनुहुन्न भने यो खबर तपाईका लागि हो । तपाईँले सतर्क रहन जरुरी छ । 

गुगलको पछिल्लो निर्णयले केही जिमेल प्रयोगकर्तालाई झट्का लाग्नेवाला छ । कम्पनीले आफ्नो निष्क्रिय एकाउन्ट पोलिसीमा अत्यावश्यक अपडेटको घोषणा गरेको छ । सन् २०२३ को डिसेम्बर १ देखि कम्तीमा २ वर्षदेखि निष्क्रिय जिमेल खातालाई हटाउने योजना कम्पनीले बनाइरहेको छ । कम्पनीले इनएक्टिभ खातासँग जोडिएका कन्टेन्टलाई पनि हटाउने भएको छ ।

यस क्रममा जीमेल, फोटो, गुगल ड्राइभमा भएका डकुमेन्ट, कन्ट्याक्ट आदि पनि हट्नेछन् । गुगलले यही वर्षको मेमा पुराना र डीएक्टिभेटेड एकाउन्टमा चलखेलको सम्भावना धेरै हुने भन्दै यसमा बच्नका लागि डिएक्टिभेटेड एकाउन्ट नीति संशोधन गरेको थियो ।

तपाईँले पनि २ वर्षअघि गुगल एकाउन्ट बनाएर त्यसलाई नचलाई राखिरहनु भएको छ भने कम्पनीको तर्फबाट तपाईँले नोटिफिकेशन पाउनु हुनेछ । त्यसपछि खाता डिलिट हुनेछ । कम्पनीले यस्ता प्रयोगकर्तालाई मेल पठाइरहेको छ । यसमा कम्पनीले प्रयोगकर्तालाई यही डिसेम्बर १ देखि इनएक्टिभ एकाउन्टलाई हटाइने भनेर अलर्ट गरिएको छ ।

डिलिट हुनबाट कसरी बच्ने ?

गुगल एकाउन्टलाई बचाइराख्ने हो भने हरेक दुई वर्षमा कम्तीमा एक पटक आफ्नो एकाउन्टमा लगइन गर्नुस् । यसका लागि अन्य उपायहरु पनि छन् । इमेलहरू पठाउनुस् र पढ्ने पनि गर्नुस् । गुगल ड्राइभको प्रयोग गर्नुस् । कुनै युट्युब भिडियो हेर्नुस् । गुगल प्ले स्टोरबाट कुनै एप डाउनलोड गर्नुस् । गुगल सर्चको प्रयोग गर्नुस् ।

थर्ड पार्टी एप वा सेवामा साइन इन गर्दा गुगलबाट साइन इन गर्नुस् । गुगल फोटोलाई एक्टिभ राख्न चाहिँ तपाईँले हरेक २ वर्षमा गुगल फोटोमै लगइन गर्नुपर्नेछ । तपाईँले यसो गर्नुभयो भने तपाईँको एकाउन्टलाई इनएक्टिभ मानिने छैन र डिलिट हुनबाट बच्नेछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप