युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित
आइतबार, १० मङ्सिर २०८०, १४ : ४४

काठमाडौँ । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् ।
काठमाडौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । सो कार्यक्रममा उपराष्ट्रपति राम सहाय यादव र उद्योग वाणिज्य एवं आपूर्ति मन्त्री रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे । सोही अवसरमा उद्योगपति ताराचन्द केडियालाई पनि उद्योग क्षेत्रमा पु-याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन