एनिमलका लागि बबीले गरे ४ महिने कठोर ट्रेनिङ
नयाँ दिल्ली । रणवीर कपुरको मुख्य अभिनय रहेको एनिमलको यतिबेला निकै चर्चा छ । फिल्ममा रणवीरको अभिनय र बबी देओलको बडी र इन्टेन्स लुक दुवैको चर्चा व्यापक भइरहेको छ ।
एनिमलमा बबी देओल नकारात्मक भूमिकामा देखिँदै छन् । भिलेन लुकका लागि उनले ४ महीना कठोर ट्रेनिङ गरेका थिए । सो अवधिमा उनले आफूलाई मनपर्ने मिठाई छुँदै छोएनन् । निर्देशक संदीप रेड्डी वांगाले बबीलाई रणवीरभन्दा शक्तिशाली देखिनुपर्ने शर्त राखेका थिए ।
यही लुकलाई पर्फेक्ट बनाउन बबीले कडा खालको डाइट फलो गरेको उनका पर्सनल टे«नरले बताएका छन् । फिल्मका लागि उनलाई तौल बढाउनु थियो । यो अवधिमा उनी बिहान उठ्ने बित्तिकै अण्डा खान्थे । कार्बोहाइड्रेट्सका लागि जाउलो र कुखुराको मासु र भात खान्थे । साँझमा सलाद र रातिको भोजनमा कुखुराको मासु वा माछा खान्थे । यो डइटलाई उनले ४ महिनासम्म फलो गरे ।
बडीमा बोसोको मात्रा घटाएर बजनलाई ९० केजीमा कसिलो पार्न ट्रेनर र बबीले निकै मेहनत गरेका थिए । एनिमल फिल्ममा बबीको एउटै डाइलग छैन । मिडिया रिपोर्ट्सका अनुसार फिल्ममा बबीको पात्र निकै युनिक छ । फिल्मको टिजरमा उनी निकै खुङ्खार देखिन्छन् । फिल्ममा निर्देशकले चाहेको जस्तो बडी लुकका लागि उनले निकै मेहनत गरेका थिए । हरेक दिन १ घण्टा वेट ट्रेनिङ हुन्थ्यो । बिहान र साँझ ४० मिनेट इन्टेनस कार्डियो गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
-
सिरहामा एक युवकको शव फेला
-
यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते
-
विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक : अध्यक्ष दाहाल
-
फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने
-
नेपालीको भान्सामा सबैभन्दा धेरै के–केमा हुन्छ खर्च ?