समाचकेवा : छठलगत्तै आउने दिदीबहिनीहरूको दशदिने पर्व
यतिखेर समाचकेवाको पर्व सुरु भएको छ । समाचकेवा हरेक उमेरका महिला सहभागी भई मनाउने धेरै लोकप्रिय चाड हो । यो छठ पर्वको साँझको अघ्र्य सकी सोही रात सुरु भएर १० दिनसम्म मनाउँदै कात्तिक पूर्णिमाको रातमा भव्य उत्सवका साथ समापन हुन्छ । समाचकेवा दिदीबहिनीको पर्व हो, जसमा दिदीबहिनीमाथि संकट आई पर्दा दाजुभाइले आफ्नो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ भन्ने लोकाचारबारे वर्णन गरिएको छ । समाचकेवा पर्वले लोकगीत र हस्तकलाको संरक्षण र पुस्तान्तरण पनि गर्दै आएको छ ।
समाचकेवा पर्व दश दिनमा पूरा गरिन्छ । छठ पर्वको संध्या अघ्र्य सकेर महिलाहरू समाचकेवाको लोकगीत गाएर समाचकेवा पर्वको प्रारम्भ गर्दछन् भने कात्तिक पूर्णिमाको रात लोकगीत गाएरै समापन गरिन्छ । यसबीचको १० दिनमा समाचकेवाको कथामा आधारित घटनाक्रम र पात्रहरूको विम्ब तथा प्रतीकात्मक मूर्तिहरू बनाइन्छ । समाचकेवामा प्रतीकात्मक रूपमा बनाइने मूर्तिका पात्रहरूमा समा, चकेवा, तितिर, भमरा, नटुवा, चुगला, बिर्दाबोनी, हात्ती, महौत, मालिन, कुकुर, केवट आदि चराचुरुंगी, जनावरहरूको मूर्ति बनाइन्छ । मूर्ति बनाउँदा माटो, सनपाट, विभिन्न रंगहरूको प्रयोग गरिन्छ । मूर्तिहरू बनाउँदा महिलाहरू सामूहिक रूपमा बसी समाचकेवाको लोकगीत गाउँदै मूर्ति बनाउँछन् । दिदी–बहिनीहरूले पूर्णिमाको भोलिपल्ट समाचकेवालाई दही चिउरा खुवाएर नजिकको दह, पोखरी वा नदीमा सेलाउने गर्दछन् । त्यसअघि उनीहरूले केराको पातमा चोखो दही चिउरा, मिष्टान्न परिकार दिएर बाँस वा जुटबाट बनेको एक प्रकारको हलुँगो वस्तु (सन्ठी) को मन्दिरमा राखेर बिदाइ गरिन्छ ।
यस पर्वको नाम कृष्णकी छोरीहरूमध्ये एक साम नामको पुरानो कथाबाट आएको हो । साम एक दुष्ट प्राणीद्वारा स्थापित गरिएको थियो, जसले उनलाई दुष्ट काम गरेको आरोप लगायो । उनका बुबाले आरोपमा विश्वास गरे र छोरीलाई चरामा परिणत गरेर सजाय दिन रोजे । धेरै समय नबित्दै समाका भाइ चकेवाले आफ्नी बहिनीमाथि गरेको नराम्रो कुरा थाहा पाए र उनी उनलाई बचाउन आए । उसको महान समर्पण, बलिदान र आफ्नी बहिनीको गहिरो प्रेमले उसले श्रापलाई उल्टाउन र आफ्नी प्यारी बहिनीलाई उनको मानवता पुनः प्राप्त गर्न मद्दत गर्यो ।
समाचकेवा दिदीबहिनीको पर्व हो, जसमा दिदीबहिनीमाथि संकट आई पर्दा दाजुभाइले आफ्नो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ भन्ने लोकाचारबारे वर्णन गरिएको छ । समाचकेवा पर्वले लोकगीत र हस्तकलाको संरक्षण र पुस्तान्तरण पनि गर्दै आएको छ ।
समाचकेवाको पहिलो दिन साँझपख सबै महिलाहरू माटोको टोकरी र सानो ज्वाला बोकेर भेला हुन्छन् । तिनीहरूले ती टोकरीहरू लिएर नाच्छन् र तिनीहरूसँग अनुष्ठान गर्छन् । सबै महिलाहरू एकजुट भएर परम्परागत मैथिली गीत गाउँछन् । त्यसपछि तिनीहरूले अर्को वर्षको लागि आफ्ना भाइहरूलाई सबै खराबीहरूबाट जोगाउनको लागि सानो माटोको चित्रहरू (जसले दुष्ट प्राणीहरूलाई संकेत गर्दछ) जलाउँछन् । तिनीहरूले आफ्ना भाइहरूलाई सम्मान गर्छन् र मनाउँछन् र उनीहरूको सुरक्षाको लागि धन्यवाद दिन्छन् । आउने दिनहरू थप नाच, गान, उपहार दिने र उत्सवले भरिएका छन्। यो चाडले दाजुभाइ दिदीबहिनीको घनिष्ठ सम्बन्धलाई देखाउँछ ।
वर्तमान आधुनिक युगमा तीब्रतर विकासका बाबजुद पौराणिक परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चलिआएको समाचकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ ।
शारदीय पर्वहरू
नेपालमा मैथिली, थारु, भोजपुरी, बज्जी, मागधी, अवधि र भारतको उत्तरप्रदेश, पन्जाब, हरियाणा, राजस्थान, बिहार, मध्यप्रदेश, छत्तीसगढ, झारखण्ड लगायत क्षेत्रमा दर्जनौँ संस्कृतिको निर्माण, विकास र विस्तार भएको छ ।
यो भेगको संस्कृतिको आधार स्तम्भ ईश्वरीय उपासना, धार्मिक व्रत, पितृश्राद्ध, सामाजिक व्यवहार, मानवीय विशिष्टता, जातीय संस्कार, उत्सव, समारोह, सामाजिक सहकार्य, भाइचारा आदि हुन् । जीवनका हरेक आयाममा जीवन्त सांस्कृतिक चिह्न पर्वका रूपमा सुशोभित छन् । मानिसको व्यक्तिगत र सामूहिक जीवनमा आफैँ विकसित हुँदै गएका संस्कार नै पर्वको रूपमा सुसंस्कृत भइआएको छ । बाह्रै महिना पर्वहरू एकपछि अर्को गरी आइरहन्छन् । त्यसमा पनि शरद् ऋतुका आश्विन र कार्तिक मासका डेढ महिनासम्म लगातार पर्वहरू परिरहेकै हुन्छन् । सोह्र श्राद्ध, जितिया, बडा दसैँ, कोजाग्रत पूर्णिमा, तिहार, भाइटीका, छठ, हरिबोधिनी एकादशी आदि समाचकेवासम्म ।
आश्विन मासको कृष्णपक्षलाई पितृपक्ष नै भनिन्छ । सम्पूर्ण पितृपक्ष अर्थात् प्रतिपदादेखि अमावस्यासम्म पितृलाई तिल–जल दिई तर्पण गरी श्राद्ध गर्दै सकिन्छ । पुरुषहरू पितृलाई तिलको दाना जलका साथ अर्पित गर्दछन् भने पितृपक्षको सप्तमी–अष्टमीको तिथिमा महिलाहरू तेल (तिलको) र खली अर्पित गरी पितृ तर्पणको दायित्व पूरा गर्दछन् । आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औँसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।
कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्छन् । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थहरूमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्न सक्छ । खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औँसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो । कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ । १५ दिनको यस पक्षमा मानिस आफ्ना पितृलाई प्रतिदिन जल तर्पण गर्छन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्छन् । केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ, जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ ।
पितृपक्ष सकिनासाथ आश्विन शुक्लपक्ष अर्थात् देवी पक्ष प्रारम्भ हुन्छ । देवी पक्ष नै बडा दसैँ हो । बडा दसैँमा नौ दिनसम्म नवदुर्गाको व्रत र आराधना हुन्छ ।
‘प्रथमं शैलपुत्री च द्वितीय ब्रह्मचारिणी,
तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चुतुर्थकं
पंचम स्कन्दमाता षष्टम कात्यायिनी च महागौरी
सप्तम कालरात्रि चाष्टमम नवम सिद्धिदात्री ।’
कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने विश्वास रहेको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ । शरद पूर्णिमामा मैथिल ब्राह्मण र कायस्थ जातिमा नवविवाहित वरवधुको चुमाउन गर्ने र सरसम्बन्धीलाई पान, मखान वितरण गर्ने चलन छ । वधुको माइतीबाट पान–मखानको भार (पान, मखान, वस्त्र, मिष्टान आदिको कोसेली) आउने चलन छ । पान र मखानको विशिष्टता झल्काउँदै पान र मखान स्वर्गमा पनि नभेटिने वस्तु भनेर भनिन्छ । नवविवाहितको घरमा ससुरालीबाट पानमखान सहितको पाहुना जाने गर्छन् । कोजाग्रत पूर्णिमामा नवविवाहित वरवधुको चुमाउन निमित्त भार लिएर आउने साला र भिनाजुबीच पासा खेल्ने चलन पनि छ ।
समाचकेवा हरेक उमेरका महिला सहभागी भई मनाउने धेरै लोकप्रिय चाड हो । यो छठ पर्वको साँझको अघ्र्य सकी सोही रात सुरु भएर १० दिनसम्म मनाउँदै कात्तिक पूर्णिमाको रातमा भव्य उत्सवका साथ समापन हुन्छ ।
प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैँ कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ । दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन गोसाइँघरमा राखिएका (जयन्ती) जमरा पूर्णिमाकै दिन विसर्जन गरिन्छ ।
कोजाग्रत पूर्णिमाको बिहानपल्ट आकाशदीप (बाँसको टुप्पोमा दियो राखी महिनाभरि बाल्ने) बाल्ने परम्परा छ । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म अर्थात् एक महिना ‘कात्तिक स्नान’ गर्ने परम्परा छ । ‘कात्तिक स्नान’ यतिखेर चिसो मौसम सुरु भई रहँदा मासभरि नै प्रभातकालमा स्नान गरी बदलिँदो मौसमका साथ एकाकार हुने एक प्रकारको साधना हो । यसै कात्तिक स्नानभरि सँगसँगै पूजापाठ गरिन्छ, जसमा तुलसीको मठ सजाएर भगवान् विष्णुको पूजाअर्चना गर्ने, आकाशदीप बाल्ने, भागवत पुराण लगाउने परम्परा छ ।
बडादसैँ सकिएपछि तिहारको तयारी सुरु हुन्छ । तिहार भनेको त्यौहार शब्दबाट निस्केको हो । जसको अर्थ चाड–पर्व भन्ने हुन्छ । तिहार आफैँमा पर्वहरूको समूह हो । जसमा काग, कुकुर, गाई, काली, गोवद्र्धन, चित्रगुप्तको पूजा र भ्रातृद्वितीया (भाइ टीका) आदि पर्व समाहित छ । तिहारको सांस्कृतिक मात्र होइन, आर्थिक–सामाजिक पक्ष पनि छ । हरेक किसान परिवारमा यतिखेर नयाँ फसल उमारेर अन्नरूपी सम्पत्ति घरमा ल्याउने समय हुन्छ, खुसी एवम् उमङ्गको माहोल हुन्छ । यस खुसीको अवसरमा किसानले कृतज्ञता प्रकट गर्न पूजा गर्दछन् । पहिले दसैँ अनि त्यसको १५ दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिन्छ । कात्तिक मास सकिई अन्नबाली घर भित्र्याउने र त्यसपछि ‘लवान’ पर्व मनाउने परम्परा छ । वार्षिक रूपमा प्राप्त हुने अन्नबाली सिधै आफैँले खान थाल्ने होइन, नयाँ बाली पहिले गोसाइँ (कुलदेवता र देवीदेवता)लाई भोग लगाउने पर्वलाई लवान (लव–अन अर्थात् नव अन्न) भनिन्छ । तिहारभरि यमपञ्चकमा पर्ने पर्वका विविध कथा र महिमा छन् ।
यस्तै, छठ पर्व भगवान सूर्य नारायणको उपासना हो । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खिर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ ।
कात्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशी मनाइन्छ । हरिबोधिनी एकादशी वर्षमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा ठूलो एकादशी मानिन्छ । एकादशी पर्व भगवान् विष्णुको उपासना व्रत हो । आषाढ शुक्ल एकादशी हरिशयनी एकादशीको रूपमा मनाइन्छ भने कात्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशीको रूपमा मनाइन्छ । हरिशयनी एकादशीको दिन भगवान् विष्णु योगनिद्रामा प्रवेश गर्छन् भने हरिबोधिनी एकादशीमा योग निद्राबाट बाहिर आउँछन् । हरिशयनी एकादशीदेखि र हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन्।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६८ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपियो
-
‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित