बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मुगुमा अक्कुपञ्चर सेवा

आइतबार, १० मङ्सिर २०८०, १० : ४१
आइतबार, १० मङ्सिर २०८०

मुगु । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेकोे बताए ।

उनले हाडजोर्नी तथा नशारोग बिरामीका लागि निः शुल्क अक्कुपञ्चर सेवा प्रदान गरिने बताए । सो सेवा एकपटकमा चारदेखि पाँच जनासम्मलाई सेवा दिन सकिने बताइएको छ । जिल्लामा अकुपञ्चर सेवा सुरु नहुँदा सेवा लिनकै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतलगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिका–१ का हरि शाहीले अक्कुपञ्चर  सेवा नियमित गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप