मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक

आइतबार, १० मङ्सिर २०८०, ०७ : ३०
आइतबार, १० मङ्सिर २०८०

काठमाडाैँ । नेपाल नर्सिङ परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

आइतबार एक सूचना जारी गर्दै परिषद्ले नतिजा प्रकाशित गरिएको जानकारी दिएको हो ।  यसको विस्तृत नतिजा परिषद्को वेबसाइट र नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा  हेर्न सकिने जनाइएको छ । 

साथै, परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउनेछन् भने उत्तीर्ण भएका परीक्षार्थीहरूले अनलाइन लगइन  गरी रु १२०० खल्तीमार्फत भुक्तानी गरी प्रमाणपत्रका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

प्रमाण पत्र लिन आउँदा परीक्षाका लागि पेस गरेका सम्पूर्ण शैक्षिक प्रमाण पत्रहरू लगायत नागरिकताको सक्कल प्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल २ प्रति र अनलाइन लगइन लिएर परिषद्‌मा आउनुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप