राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई
भरतपुर । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बन्यो ।
नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले रु पाँच हजार प्राप्त गरिन् ।
च्याम्पियन बनेको धनगढीले ट्रफीसहित रु दुई लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित रौतहटले रु एक लाखमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले ट्रफीसहित रु २० हजार प्राप्त गरिन् ।
धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोलकिपर, रौतहटकी समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा रानामगर उत्कृष्ट मिडफिल्डर र धनगढीकी ममता पुनमगर उत्कृष्ट फर्वाड घोषित भए । यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने ।
उनीहरूले जनही रु १०–१० हजार प्राप्त गरे । नारायणगढ लेडी जेसिजको आयोजना तथा चितवन जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आठ टोली सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’