शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

बिहीबार, २२ असार २०७४, १५ : ३१
बिहीबार, २२ असार २०७४

खोटाङ–खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेका छन् । 


मजुवागढिका प्रतिनिधिले बिहीबार  दिक्तेल भानुचोकका १ सय ४ वर्षीय मणिसुन्दर बजिमय र संगमपार्ककी १ सय ९ वर्षीया डम्बरकुमारी आचार्यलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन् ।


सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने वा आफन्तमार्फत लिनुपर्ने बाध्यता अन्त्यका लागि जननिर्वाचित प्रतिनिधिले बिहिबारदेखि घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालेको जनाएका छन् ।


 आफ्नो कार्यकालभरी नगरपालिकाका बृद्धबृद्धा, अपांङग र दलितले पाउने सामाजिक सुरक्षाभत्ता घरैमा पु¥याएर वितरण गरिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । मेयर रिजाल र उपमेयर बिणादेबी राईलगायतका जनप्रतिनिधी र कर्मचारीको टोलीले ज्येष्ठ नागरिक बजिमय र आचार्यलाई दोसल्ला ओढाएर जनही दुई हजारका दरले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै घरघरबाटै सामाजिक सुरक्षा वितरणको सुरुवात गरेको हो । 
१५ वटै वडाका नागरिकलाई वडाअध्यक्षमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप