इनियेस्टाले छाडेको ५ महिनापछि भिसेल कोबेले जित्यो पहिलो लिग उपाधि
टोकियो । स्पेन र बार्सिलोनाका लिजेन्ड आन्द्रेस इनियेस्टाले क्लब छाडेको पाँच महिनापछि भिसेल कोबेले इतिहासमा पहिलोपटक जे–लिगको उपाधि जितेको छ ।
म्यानेजर टाकायुकी योसिडाले इनियेस्टालाई सुरुवाती ११ बाट हटाएपछि टोलीको फर्ममा सुधार भएको थियो । त्यसपछि इनियेस्टा जापान छाडेर यूएईको प्रो लिगामा खेल्न पुगेका थिए ।
नागोया ग्राम्पसलाई २–१ गोलले हराउँदै टोलीले एक खेल बाँकी छँदै लिग उपाधिमाथि कब्जा जमायो । ‘मैले यस्तो खुसी कहिले अनुभव गरेको थिइनँ,’ कप्तान होटारु यामागुचीले भने ।
टोलीका जीतमा हारुया इडे र न्युक्यासल युनाइटेडका पूर्व स्ट्राइकर योसिनोरी मुटोले एक–एक गोल गरे । जीतपछि टोलीले दोस्रो स्थानमा रहेको योकोहामा एफ मारिनोसविरुद्ध ४ अङ्कको अग्रता बनाएको थियो ।
गत सेप्टेम्बरमा गालातासारेबाट कोबे पुगेका म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर हुवान माटा खेलमा स्बस्टिच्युट रहे पनि मैदानमा प्रवेश भने गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’