पोखरामा भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली टोलीको वर्चस्व
पोखरा । पोखरामा भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली टोलीले वर्चस्व कायम गरेको छ । विभिन्न इभेन्टमा भएको प्रतियोगिता अन्तर्गत टिम इभेन्टमा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टोली पहिलो भएको हो । उक्त टोलीले ३ लाख ६० हजार नगद पुरस्कार पाएको छ ।
श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टोली दोस्रो भएको छ भने श्रीकास राई, लिक सुनुवार र केशरी थापा मगरको टोली तेस्रो भएको छ । उक्त इभेन्टमा चीनको लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङको टोली चौथो भयो । दोस्रोले २ लाख ८८ हजार, तेस्रोले २ लाख १६ हजार र चौथो हुनेले १ लाख ४४ हजार पुरस्कार पाएको छ । टिम इभेन्टमा १० नेपाली र ३ चिनियाँ टोली सहभागी रहेको संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।
यता ३८ किलोमिटरको एकल प्रतिस्पर्धामा नेपालका होमलाल श्रीस पहिलो भए । नेपालकै वेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो र करण रावल चौथो भए । यो इभेन्टका विजेताले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथोले १८ हजार नगद पुरस्कार पाएका छन् । नेपाल स्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा क्रस कन्ट्री दौड भएको हो ।
सोही अवसरमा आयोजित विद्यार्थीको स्पर्धामा कुमुदिनी होम्सका कृष्णबहादुर परियार छात्रतर्फ र छोरेपाटन माविकी नारायणी भण्डारी छात्रातर्फ प्रथम भए । उनीहरूलाई २५/२५ हजार पुरस्कार प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो
-
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउँदै
-
विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
-
पश्चिम नेपालमा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?
-
कांग्रेसका नेताहरूले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन
-
दुर्गा प्रसाईंले ‘भ्वाइस टेष्ट’ गराउन मानेनन्