सलमानको आगामी फिल्म करण जोहरले निर्माण गर्ने

मुम्बई । सलमान खानको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् ।
यो दोस्रो पटक हो जब सलमान र करण सँगै काम गर्दैछन्। यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा देखिएका थिए । यद्यपि यो फिल्ममा उनको स्क्रिन टाइम कम थियो ।
आगामी प्रोजेक्टमा किक २ र दबंग ४ को नाम पनि समावेश गरिएको छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।
द बुल फिल्ममा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो शेड्युलको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।
फिल्म शेरशाह निर्देशक विष्णु वर्धनको पहिलो निर्देशित फिल्म थियो। यही फिल्मका लागि उनी यस वर्षको राष्ट्रिय अवार्डको स्पेशल ज्युरी अवार्डबाट सम्मानित भए । अवार्ड पाएपछि विष्णु वर्धनले पीटीआईसँगको कुराकानीमा आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण