दुर्गा प्रसाईंकाे आन्दोलन
आफ्नो आन्दोलनलाई काठमाडौँबासीले नसघाएको दुर्गा प्रसाईंको गुनासो
शनिबार, ०९ मङ्सिर २०८०, १४ : ५३
२

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न सक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।
‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।
उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पहिलो सहभागितामै आईपीएलमा चम्कन सक्ने यी पाँच युवा खेलाडी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे माफी
-
गृह मन्त्रालयले गर्यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा (सूचीसहित)
-
आम नागरिकलाई समस्या परेका वेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ- महामन्त्री थापा