इजरायलविरोधी पोस्टका कारण शोबाट हटाइएकी हलिउड अभिनेत्रीले भनिन्– ‘म चुप लाग्दिनँ’
शनिबार, ०९ मङ्सिर २०८०, १२ : ५१

न्युयोर्क । अमेरिकी टिभी शृङ्खला ‘स्क्रिम’ मा अभिनय गरेकी अभिनेत्री मेलिसा बरेरालाई इजरायल विरोधी बयान गरेको भन्दै सिरिजको सातौँ संस्करणबाट बर्खास्त गरिएको छ । यसबारे मेक्सिकोकी यी अभिनेत्रीले आफ्नो मौनता तोड्दै भनिन्, ‘चुप बस्नु कुनै विकल्प होइन ।’
बरेराले आफ्नो सामाजिक सञ्जालमा इजरायल र हमास बिचको हालैको तनावको बारेमा पोस्ट गरेकी थिइन् । जसमा उनले गाजामा ’नरसंहार’ रोकिनुपर्ने र इजरायलले गाजालाई हिरासत केन्द्रको रूपमा प्रयोग गर्न बन्द गर्नुपर्ने बताएकी थिइन् । उनको भनाइलाई शृङ्खला बनाउने स्टुडियोले 'यहुदी विरोधी' भनेको छ ।
यस विषयमा आफ्नो मौनता तोड्दै बरेराले सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्, ‘सबैभन्दा पहिले म सेमिटिजम् र इस्लामोफोबियाको निन्दा गर्छु। म कुनै पनि समूहको विरुद्धमा हुने कुनै पनि प्रकारको घृणा र पूर्वाग्रहको निन्दा गर्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक