मोनाकोलाई हराउँदै शीर्ष स्थानमा पीएसजीको अग्रता

पेरिस । सात गोलको रोमाञ्चक खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी ५–२ गोलले विजयी बनेको हो ।
खेलको १८ औँ मिनेटमा घरेलु टोली पीएसजीले गोन्कालो रामोशको गोलमा अग्रता लिएको थियो । तर, ४ मिनेटपछि गोलकिपर जियानलुइजी डोनारुमाको गल्तीको फाइदा उठाउँदै टाकुमी मिनामिनोले खेल बराबरी गरे । ३९ औँ मिनेटमा किलियान एम्बाप्पेले ३९ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफको ७० औँ मिनेटमा ओसमान डेम्बेलेले टोलीका लागि तेस्रो गोल थपे भने दुई मिनेटपछि भिटिन्हाले चौथो गोल गरे । ७५ औँ मिनेटमा फोलारिन बालोगुनले मोनाकोका लागि दोस्रो गोल फर्काए पनि इन्जुरी समयमा रान्डाल कोलोले पीएसजीका लागि अर्को गोल गर्दै फराकिलो जीत दिलाए ।
१३ खेलपछि पीएसजीको ३० अङ्क रहेको छ । मोनाको भने २४ अङ्कसहित तेस्रो स्थानमा छ । अब पीएसजीले च्याम्पियन्स लिगमा न्युक्यासलको सामना गर्दैछ । टोली यसअघि न्युक्यासलको घरेलु मैदानमा ४–१ गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा