बैठकभत्ताबाट बालबालिकालाई पोसाक
शनिबार, ०९ मङ्सिर २०८०, १० : ०३

टक्सार । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छिन्।
उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी छिन् ।
बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरुप उनीहरूलाई सम्मान गरेको उपप्रमुख शेर्पाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल
-
गृह प्रदेशमै एमाले अध्यक्ष ओलीलाई चुनौती
-
प्रभु साहको प्रश्न, ‘नेपाल एयरलाइन्स किन घाटामा ?’
-
सहकारी बैङ्क र सहकारी संस्थाका पदाधिकारीको सम्पत्ति रोक्का गरौँ : सांसद सुवाल
-
मगर राष्ट्रिय मुक्ति मोर्चाको औचित्य
-
तेस्रो जितसँगै तेस्रो स्थानमा उक्लियो लुम्बिनी प्रदेश