हाजिर भएको दोस्रो दिनमै उपसचिव प्रधानले पठाए चार महिनायता रोकिएको सामाजिक सुरक्षा भत्ता

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको मूल गेटको ताला फुटाएर हाजिर भएको दोस्रो दिननै प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सबै वडाका सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गरेका छन् ।
गत बुधबार कार्यालयमा हाजिर भएका उपसचिव प्रधानले शुक्रवार फतुवा विजयपुरको सम्पूर्ण ११ वटै वडाका छ हजार पाँचसय ७६ जना सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गरेका हुन् ।
उक्त सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बापतको कुल रकम तीन करोड ४१ लाख ५२ हजार ३७० रुपैयाँ उनीहरूको बैंक खातामा दाखिला गरेको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले जानकारी दिए।
मेयर अम्बेया खातुन लगायतका जनप्रतिनिधिसँग कार्यपालिका बोर्डको बैठक राखेर नगरसभाको दिन तोकिने उपसचिव प्रधानले जानकारी दिए।
नेपाली कांग्रस बाहेक सर्वदलीय समितिको प्रयास तथा कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा गत बुधबार स्थानीय प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिकाको कार्यालयको मूल गेटमा लगाइएको ताला फुटाएर उपसचिव प्रधान लाई हाजिर गराइएको थियो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते नै फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई जिम्मेवारी दिएर पठाएको थियो।
मन्त्रालयको चिठी सहित हाजिर हुन गएका प्रधानले नेपाली कांग्रेस ट निर्वाचित वडा अध्यक्षहरूको विरोधको कारण हाजिर गर्न सकेका थिएनन्। प्रधानमाथि उनीहरूले विभिन्न आरोप लगाउँदै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव नै हुनुपर्ने माग गरेका थिए।
मेयर खातुन र केही वडा अध्यक्ष बीच प्रमुख प्रशासकीय अधिकृतकै बिषय लिएर तनाव बढेपछि वडा अध्यक्षहरुले केही कर्मचारीलाई अगाडी सारेर दसैँ अगाडि नै नगरपालिकाको कार्यालयमा तालाबन्दी गराएको वडा ६ का अध्यक्ष सञ्जय यादवले बताएका छन्।
जारी विवादका कारण असार १० गतेभित्र हुनुपर्ने नगर सभा झन्डै ६ महिना बित्न लाग्दा सम्म हुन सकेको छैन। नगर सभा नभएको कारण नगरपालिकाको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएर झन्डै तीन सय ५० जना शिक्षक कर्मचारीले गत साउन देखि तलब पाउन सकेका छैनन् । दसैँ, तिहार र छठमा पनि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको थिएन ।
लालबकैया नदीको टेन्डरमा नेपाली कांग्रेस बाट निर्वाचित तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत आर्थिक वर्षमा नै निलम्बित गरेपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन कार्यवाहक बनेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म