रोनाल्डोको दुई गोलमा अल नासरको सहज जीत
शनिबार, ०९ मङ्सिर २०८०, ०६ : ४८

रियाद । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा अल ओखदुदमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–० गोलले विजयी बन्यो ।
खेलको १३ औँ मिनेटमा सामी अल नाजेईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ७७ औँ मिनेटमा रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए । तीन मिनेटपछि ३८ वर्षीय खेलाडीले ओखदुदका गोलकिपरलाई ३५ यार्ड टाढाबाट चिप गर्दा अल अवाल पार्क स्टेडियममा समर्थकहरू दङ्ग परेका थिए ।
जीतपछि अल नासरले लिगको शीर्ष स्थानमा रहेको अल हिलालसँगको दुरी १ अङ्कमा घटाएको छ । यद्यपि, नेयमारको टोलीले एक खेल कम खेलेको छ । १४ खेलबाट अल नासरले ३४ अङ्क बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण