नेपाल सुपर लिग फुटबल : आज पोखराले चितवन र लुम्बिनीले ललितपुरको सामना गर्ने
शनिबार, ०९ मङ्सिर २०८०, ०६ : १६
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन् ।
आगामी पुस १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । जसमा काठमाडौँ रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।
त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची प्रतियोगितामा सहभागी छन् । सबै टोलीले लिग चरणमा एक आपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले रु ७० लाख पाउने आयोजकले जनाएको छ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा साबिक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
-
स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे
-
तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति
-
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण