इतिहास बनेको ट्रली बस, तस्बिरहरू
काठमाडौँ । कैलालीबाट पासपोर्ट बनाउन आएका सूर्यबहादुर थापा त्रिपुरेश्वरको बाटो हिँड्दा सडकको छेउमा ठुलो ठुलो अनौठो लाग्ने पोलहरू देख्दा केको हो भन्ने लागेको थियो । उनले त्यही कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए र अझै पनि चल्छ र भन्दै सोधे । पसलवालाले जवाफमा ‘इतिहास भयो ट्रली बस कुनै बेला थियो भाइ’ भनेर हाँसेर उडाइदिए ।
थापा जस्तै त्रिपुरेश्वरको बाटो हिँड्नेलाई ती ठुला ठुला प्रयोगविहीन पोलहरू देख्दा केको हो भन्ने लाग्ने गर्दछ । काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रली बस गुड्थ्यो । चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रली बस निर्माण गरिएको थियो ।
ट्रली बस निर्माण भएको १२ वर्षसम्म निर्बाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म बन्द हुने अवस्थामा आइसकेको थियो । ट्रली बसमा कोचाकोच आवतजावत गरेको अहिले तस्बिरमा मात्र सीमित छ । बिचमा बन्द भएको ट्रली बस पछि सन २००१ सम्म आंशिक रूपमा चलेको थियो तर सन २००८ पछि घाटा भएको कारणले पूर्णरुपमा बन्द भयो ।
मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाडी हलमा थन्किएका ३२ ओटा ट्रली बसमा कोरिएको यो वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ । बसका सबै पार्टपुर्जामा खिया लागिसकेको अवस्था छ । विद्युतीय ट्रली बस साँच्चै नै अब इतिहास बनेको छ ।
३३ वर्षसम्म काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रली बस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा छैन । हेरौँ नेपाल फोटो लाइब्रेरी बाट कैद गरिएका अहिलेको अवस्थामा रहेका ट्रली बस र सम्बन्धित भग्नावशेषका तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’