भारत–नेपाल संयुक्त सैन्य अभ्यास पिथौरागढमा सुरु
शुक्रबार, ०८ मङ्सिर २०८०, २१ : ३८

काठमाडौँ । भारत–नेपाल संयुक्त सैन्य अभ्यास पिथौरागढमा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास यही मंसिर २१ गते सकिने भएको हो ।
सैन्य अभ्यासमा सहभागी हुने ३ सय ३४ नेपाली सेनाको भारत गएका छन् । यस्तै भारतका ३ सय ५४ सेना सो अभ्यासमा सहभागी छन् ।
यसको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्ने, हिमाली भूभागमा आतंकवाद विरोधी अभियान र शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गत मानवीय सहायता र विपद् राहत प्रदान गर्नु रहेको जनाइएको छ। यो अभ्यासले सेनाहरूको क्षमता बढाउने विश्वास लिइएको छ ।
यस्तै यो अभ्यासले भारत र नेपालबिचको मित्रता, विश्वास, साझा सांस्कृतिक सम्बन्ध बलियो हुने दुई देशका सेनाले विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’