डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण
शुक्रबार, ०८ मङ्सिर २०८०, २१ : १०

काठमाडौँ । डाबर नेपालले भूकम्प पिडितको राहतको लािग प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
डाबर नेपालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनताको साथमा रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरतसिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन