प्रहरीमा दर्ता हुने कुल मुद्दाको ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’

काठमाडौँ । प्रहरीमा दर्ता हुने कुल अपराध मध्ये ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’सँग सम्बन्धित हुने गरेका छन् । आर्थिक वर्ष २०७९–२०८० मा प्रहरीमा दर्ता भएका अपराधका घटनाहरु मध्ये ३१ प्रतिशत घटना लैङ्गिक हिंसासँग सम्बन्धित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’बारे गोष्ठी कार्यक्रममा एसपी रञ्जु सिग्देलले अधिकांश हिंसा चिनजानकाहरुबाटै हुने गरेको बताइन् । प्रहरीमा दर्ता भएका लैङ्गिक हिंसाका घटनामा ८८ प्रतिशत अभियुक्त चिनजानका नै रहेको पाइएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी कर्मचारी संलग्न हिंसाको नियमन गर्ने कार्यादेश सार्वजनिक गरेका छन् । कार्यादेश सार्वजनिक गर्दै आईजीपी कुँवरले सो कार्यादेशले सकलदर्जालाई महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रति संवेदनशिल हुन मार्ग निर्देशन हुने बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभाग, महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने