जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या
शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : ४१

सुर्खेत । जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ । जिल्लकाे कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाकाे बन्चरो प्रहारबाट हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो १२ बजेतिर उक्त घटना भएको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने बुढालाई नियन्त्रणमा लिइसकेको छ । बुढा मृतक अमृताका नाताले देवर पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?